१२ बैशाख २०८१, बुधबार

बालेनले महानगरका शंकास्पद कर्मचारीको सम्पत्ति छानबिन गर्ने


बालेन्द्र शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्ने भएका छन् । मेयर शाहले महानगरका कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेका हुन् ।

बिगत ९ महिनादेखि काठमाडौं महानगरमा सरकारी कर्मचारीको गतिविधिको अनुगमनपछि मेयर शाह र उनको सचिवालयले शंकास्पद काम गरिरहेका केही सरकारी अधिकारीको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेको हो ।

यस्तै उनले शंकास्पद काम गरिरहेका केही सरकारी अधिकारीको सम्पत्ति विवरण छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य निकायसँग पनि सहयोग मागिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !