१२ बैशाख २०८१, बुधबार

माओवादीको निर्णय : राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोज्ने


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिएको बताए । उनले राष्ट्रपतिमा एमाले र काँग्रेससहितको सबै पार्टीहरूसँग छलफल गर्ने पनि बताए ।

आजको बैठकमा अधिकांश नेताहरुले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै सोका लागि अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए । माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी सकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !