६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै


माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

माओवादीको आज बस्ने स्थायी समिति बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ ।

बैठकमा सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !