१२ बैशाख २०८१, बुधबार

विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा. शेखर कोइराला


डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले नेपाली काँग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले नेकांले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए । उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !