८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारले पायो पूर्णता, नयाँ मन्त्रीहरुले लिए सपथ


नयाँ मन्त्रीहरुले लिए सपथ

सुर्खेत । अन्तत: कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज बुधबार मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् ।

आज साँझ कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सात सदस्यीय मन्त्रिमण्डलमा प्रदेश सरकारमा आज नियुक्त भएका चार जना नयाँ मन्त्री र एक जना राज्यमन्त्रीले शपथ लिएका हुन् ।

सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्र र एमालेले मंगलबार गरेको सहमतिअनुसार बुधबार दुबै दलले नयाँ मन्त्री पठाएसँगै सरकारले पूर्णता पाएको हो । कर्णाली प्रदेशको सात सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजन गरेअनुसार नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्रीसहित चार जना मन्त्री र नेकपा एमालेबाट तीन जना मन्त्री भएका छन् ।

आज माओवादी केन्द्रबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

यस्तै नेकपा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका राजकुमार शर्माले पुस २८ गते दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कर्णाली प्रदेश मन्त्रिमण्डल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !