११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र अमिक शेरचन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच बधाई तथा शुभकामना आदान–प्रदान भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । साथै उनीहरुबीच देशओ समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको छ ।

यसै गरी प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !