१३ माघ २०७९, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त


हरिवोल गजुरेल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् । यसअघि गजुरेललाई प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचीव नियुक्त गर्ने चर्चा पनि चलेपनि उनले बन्न नमानेपछि सन्तु दराईलाई बनाइएको थियो ।

गजुरेल लामो समयदेखि प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील थिए । गत निर्वाचनमा सिन्धुली-२ बाट उम्मेदवारको आकांक्षी रहेका उनलाई प्रचण्डले टिकट नदिएपछि पछिल्लो समय असन्तुष्ट बनेका थिए ।

गजुरेल माओवादी पार्टीका पुराना नेता हुन् । केही समय अगाडि लाभको पदधारण नगर्ने घोषणा गरेका गजुरेल पछिल्लो समय प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !