७ बैशाख २०८१, शुक्रबार

कांग्रेसका पदाधिकारीको बैठक देउवा निवास धुम्बाराहीमा बस्दै


देउवा निवास धुम्बाराही

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बिहान साढे ९ बजे बस्ने भएको हो ।

समसामयिक राजनीतिबारे छलफल गर्नका लागि सभापति देउवाले कांग्रेसका पदाधिकारीको बैठक बोलाएका हुन् । आगामी माघ १५ गतेका लागि बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएर देउवाले छलफल गर्न लागेका हुन् ।

हिजो आइतबार मात्रै कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहका नेताहरूको बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीले विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको थियो ।

आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने भएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा समेत जुटिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !