११ बैशाख २०८१, मंगलबार

उपसभामुखबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बोलाएको छ । उपसभामुखबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज बिहान १०:३० बजे बस्ने भएको हो ।

कांग्रेस संसदीय दलको कार्यसमिति बैठकमा उपसभामुखको निर्वाचन र उम्मेदवारबारे छलफल हुने बताइएको छ । हिजो भएको सभामुख चयनका लागि भएको मतदानमा पनि कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले आज उपसभामुख पदमा भने उम्मेदवारी दिने भएको हो । संसद सचिवालयका अनुसार आज उपसभामुखको मनोनयन छ भने भोलि मतदान हुने कार्यतालिका रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !