१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित


भीमबहादुर भण्डारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् ।

बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित माओवादीका भण्डारी आज मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका हुन् ।

५२ जना प्रदेशसभा सदस्यले आज मंगलबार मतदान गरेकोमा माओवादीका भण्डारीले २९ मत पाएका छन् भने काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् ।

यसअघि गत पुस २८ र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । पुस २८ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !