१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै


कर्णाली प्रदेशसभा

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । कर्णाली प्रदेशसभाको बैठक आज माघ ३ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको हो ।

हिजो राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको हिजो तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको थियो । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको थियो ।

काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेशसभाले हिजो बस्ने भनेको बैठक स्थगित गरेको थियो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको हिजोको बैठक स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !