७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम मगर निर्विरोध निर्वाचित


तुलाराम मगर

बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख हुने निश्चित भएको हो । घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका आशिष चौधरी छन् ।

आज सोमबार साँझ ५ बजेसम्म सभामुखमा एक र उपसभामुखमा तीनजनाको मनोनयन दर्ता भएको संसद् सचिवालयले जनाएको छ । उपसभामुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्राप)की मेनुका खाँण, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूको मनोनयन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका मगरको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित हुने भएपछि अब उपसभामुखको मात्रै निर्वाचन हुने छ । अब मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकले लुम्बिनी प्रदेशको उपसभामुख चयन गर्नेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धनमा सात दलसहित दुई स्वतन्त्र गरी ५८ जना सदस्य छन् । भने नेपाली कांग्रेसका २७ सदस्य रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !