१२ बैशाख २०८१, बुधबार

पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !