१३ बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाको बैठकमा कुन दलका सांसदले के भने ?


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरे । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाए ।

सांसद देवकोटाले भने, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको थियो तर, मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता ल्याइयो । यो सार्वभौसम संसद्ले अनुमोदन गरेको विषय फिर्ता गर्न मिल्दैन । यो निर्णय तत्काले सच्याउन माग गर्दछु ।”

सांसद उदयबहादुर बोहराले वर्तमान सरकारलाई समर्थन जनाउनु पार्टीको कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै सरकारको न्यूनतम साझा कार्यक्रम सफलरुपका कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले) का भगवती न्यौपाने लोकतन्त्रको पाठ सिकाउने पार्टीले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाइन् ।

एमालेकै विमला घिमिरेले सरकारले न्यूनतम साझा कार्यक्रममा अघि सारेका, सुशासन, आर्थिक विकासलगायतका एजेण्डालाई सरकार, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुको सामूहिक प्रयासबाट सफल पार्नुपर्ने बताए ।

सरकारलाई समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै, उनले विद्यार्थीलाई समयै पाठ्यपुस्तक उपलब्ध गराउने र किसानलाई बीउ मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !