१३ बैशाख २०८१, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र दुई मन्त्रीले लिए शपथ


लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेशको राजधानी देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख शेरचनले एमाले लुम्बिनी प्रदेशसभाका संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

गिरीसँगै शपथ लिने २ जना मन्त्रीहरुमा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीरहेका छन् । नवनियुक्त दुवै जना मन्त्रीको अझसम्म मन्त्रालय तोकिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !