१३ बैशाख २०८१, बिहिबार

काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


काँग्रेस कार्यसम्पादन समितिको बैठक नयाँबानेश्वर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

आजको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले समेत अनुमोदन गरेको छ । यद्यपि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वासको मत मागेका थिए । जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !