८ बैशाख २०८१, शनिबार

पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि पुस २७ गते सार्वजनिक विदा हुनुपर्ने शर्त राखेको थियो । सरकारको तर्फबाट सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेपछि मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

सरकारले नेपाल एकीकरणका प्रणेता समेत रहेका पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !