४ बैशाख २०८१, मंगलबार

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त


हिक्मतकुमार कार्की

विराटनगर । प्रदेश १ काे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश १ का प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ भोलि दिउँसो २ बजे हुने भएको छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजे सकिनुभन्दा अगावै कार्कीले दावी गरेका थिए ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत रहेको छ ।

यसका साथै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट रहेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका कार्कीकाे दाबी पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !