४ बैशाख २०८१, मंगलबार

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ । जसपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको हो ।

आफ्नो पार्टीले राख्दै आएका मागहरू पुरा गर्न सकारात्मक देखिएकाले जसपाले सरकार विश्वासको मत दिने निर्णय गरेको हो । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रममा धेरैजसो आफ्नो पार्टीको माग सम्बोधन भएकोले जसपाले सरकारलाई विश्वासको मत दिने भएको हो ।

जसपाको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको पार्टी प्रचार विभागले जनाएको छ । जसपले उठाउदै आएको नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि न्युनतम साझा कार्यक्रमको मस्यौदामा समेटिएको छ ।

यद्यपि पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरामा भने जसपाको असहमति प्रकट गरेको छ ।सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !