१२ बैशाख २०८१, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेट


नारायणकाजी श्रेष्ठ र डिन आर थम्पसन

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका थिए ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

नारायणकाजी श्रेष्ठ र डिन आर थम्पसन
 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !