१३ बैशाख २०८१, बिहिबार

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सिंहदरवारमा जारी


मस्यौदा कार्यदल

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक जारी रहेको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन जुटेको कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । कार्यदलको बैठक हिजो बिहीबार पनि बसेको थियो ।

कार्यदलका सदस्य समेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थता भएको कारणले बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम आज शुक्रबारका लागि सारिएको थियो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको बैठकमा एमालेसँगै माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमतका प्रतिनिधि सहभागी रहेका छन् ।

भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको हो । कार्यदलको बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएपछि भरसक आज नै सो कार्यक्रम सार्वजनिक गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !