११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पत्रकार महासंघका पदाधिकारीले दिए बधाई


पत्रकार महासंघका पदाधिकारी

काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ ज्ञापन गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएको हो ।

महासंघका अध्यक्ष बिपुल पोखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी बधाइ दिएको हो ।

भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलूकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।

प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरुको हितप्रति सम्वेदनशील रहेको बताउँदै महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए । भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकारहरु र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सहभागी थिए ।

पत्रकार महासंघका पदाधिकारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !