७ बैशाख २०८१, शुक्रबार

जसपाको छानविन समितिले थाल्यो काम, निर्वाचनमा घात-अन्तर्घात गर्नेलाई कारवाही हुने


जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठीत छानविन समितिले आफ्नो काम थालेको छ ।

२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधिगर्ने संघीय परिषद् सदस्यतथा केन्द्रीय समितिका सदस्यहरुमाथि छानविन हुने भएको छ ।

त्यसकालागि पार्टीको प्रदेश समिति, पहिचानमाआधारित राष्ट्रिय समिति र स्थानीय समितिहरुसँग उपलब्ध सबुत प्रमाणहरु, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचार-प्रसार सामाग्रीउपलब्ध गराउन छानविन समितिले माग गरेको छ ।

छानविन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्तसम्मको समयसीमा पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !