६ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईद्वारा सपथ


प्रेम आले र माया राईद्वारा सपथ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरेका छन् ।

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनीहरुले सपथ लिएका हुन् ।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकोले उनीहरुले आज सपथ लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !