७ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डको छलफल


निर्वाचन आयोगका पदाधिकारीसंग प्रचण्डको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीहरुको छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहेको छ ।

छलफलमा आयोगका पदाधिकारीसँगै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसंग प्रचण्डको छलफल निर्वाचन आयोगका पदाधिकारीसंग प्रचण्डको छलफल निर्वाचन आयोगका पदाधिकारीसंग प्रचण्डको छलफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !