११ बैशाख २०८१, मंगलबार

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा चौधरी सर्वसम्मत चयन


डिल्लीबहादुर चौधरी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चुनेको हो ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । दलको नेताको लागि अबदुल रज्जाक, वीर बहादुर राना र राजु खनालले पनि दाबी गरेका थिए ।

संस्थापन पक्षका चौधरी मन्त्रीभन्दा अघि प्रदेशसभाको लेखा समिति सभापति थिए । चौधरी २०७० सालको संबिधानसभा सद्स्य भएर केही समय राज्यमन्त्री पनि भएका थिए । आज सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !