११ बैशाख २०८१, मंगलबार

एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी सर्वसम्मत चयन


लिला गिरी

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । आज आइतबार प्रदेशकाे राजधानी भालुवाङमा बसेकाे संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरी रूपन्देही क्षेत्र नम्वर २ ‘क’ का सांसद हुन् । गिरी शंकर पोखरल नेतृत्वको प्रदेश सरकारमा साढे ३ वर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए । गिरी लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !