१२ बैशाख २०८१, बुधबार

कांग्रेस प्रवक्ता महत भन्छन् – यो सरकारको आयु लामो छैन


डा. प्रकाशशरण महत

बर्दिया । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको आयु लामो नभएको दावी गरेका छन् ।

नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको ४७औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि महतले विशुद्ध अवसरको लागि मात्र भएको गठबन्धनबाट निर्मित सरकारको आयु लामो नरहेको बताएका हुन् ।

उनले सात दलीय सत्ता गठबन्धनभित्रकै विरोधाभाषका कारण सरकारको आयु लामो हुने संकेत पाएको दाबी गरेका हुन् । सरकारमा सहभागी भएका दलहरूको सिद्धान्त, विचार नभई अवसरको प्रतिस्पर्धा भइरहेकाले सरकारले नेपाली जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने उनले जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !