७ बैशाख २०८१, शुक्रबार

यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड


प्रचण्ड चितवनमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकालमा भाषण कम, काम धेरै गरेर देखाउने प्रतिज्ञा गरेका छन् ।

आज शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो यो कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिज्ञा गरेका हुन् ।

प्रचण्डले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरेका छन् । उनले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

यस्तै उनले कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको अनुशासन र विकासको आधारशीला भनेको शिक्षा भएको बताए । शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिने उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !