१३ बैशाख २०८१, बिहिबार

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।

टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृहले पहल थालेको हो ।

यस विषयमा गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल पनि गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !