७ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ


गोविन्दबहादुर न्यौपाने

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि शुक्रबार बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि ज्येष्ठ उनले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !