८ बैशाख २०८१, शनिबार

उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा राहदानी विभाग अनुगमन


रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर अनुगमनमा पुगेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा आज बुधबार दिउँसो पुगेर उनले अनुगमन गरेका हुन् ।

नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेसंगै लामिछानेले विभाग पुगेर अनुगमन गरेका हुन् । पछिल्लो समय आम सर्वसाधारणले राहदानी लिन लामो लाइन लाग्नुपर्ने भन्दै गुनासो गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !