७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त


डा. दिनमणि पोखरेल

काठमाडौँ । नेपाल सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती थिए । उनले सोमबार पदबाट राजीनामा दिएका थिए ।

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !