१२ बैशाख २०८१, बुधबार

रविको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा सपथ लिएपछि सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेका हुन् ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा न्याय दिन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेर आम जनतामा आशाको किरण जगाउन खोजेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !