६ बैशाख २०८१, बिहिबार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवालमा लिए सपथ


प्रचण्डले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई हिजो साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसअघि प्रधानमन्त्री हुँदा कोट पेन्टमा सपथ लिएका प्रधानमन्त्री प्रचण्डले यसपटक दौरा सुरुवालमा सपथ लिएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन गरेका छन् । प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

बहुमतको सरकार गठनका लागि १३८ सीट आवश्यक पर्ने भएपनि प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ जनासहित ३ स्वतन्त्र सांसद गरी १६९ जनाले समर्थन गरेका हुन् ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । यसअघि उनी २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !