७ बैशाख २०८१, शुक्रबार

सिके राउतको जनमत पार्टीबाट अब्दुल खान उद्योगमन्त्री बन्ने


अब्दुल खान

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खान उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन् ।

उक्त पार्टीका अध्यक्ष राउतले पत्रकारहरुसँग कुरा गर्दै सात दलीय सत्ता गठबन्धनमा भागबण्डा हुँदा आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको जानकारी दिएका हुन् ।

खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उक्त पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ सिट गरी ६ सिट जित जितेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !