७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेल बन्नुहुनेछ : अर्थमन्त्री शर्मा


जनार्दन शर्मा फाइल फोटो

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेलमध्ये एक जना बन्ने खुलासा गरेका छन् ।

नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाट नै बन्नुपर्ने गरी गठबन्धन दलहरूबीच छलफल भएको स्पष्ट पारे । ‘राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुनुहुन्छ होला,’ शर्माले भने ।

यस्तै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । शर्माले प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो सुझाव रहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !