७ बैशाख २०८१, शुक्रबार

नवनिर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम अगाडि सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्ने भनिएपनि केही समयअघि बैठक सुरु भएको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसिरहेको हो । जबराले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी छन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !