११ बैशाख २०८१, मंगलबार

नवनिर्वाचित सांसदहरूको शपथअघि आज सर्वदलीय बैठक बस्दै


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज मध्यान्ह १२ बजे बस्नेछ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !