११ बैशाख २०८१, मंगलबार

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुन चीनबाट आज स्वदेश फर्किंदै


वर्षमान पुन र ओनसरी घर्ती फाइल फोटो

काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज चीनबाट स्वदेश फर्किंदै छन् । उपचारका लागि चीनमा रहेका पुनको स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि आज स्वदेश फर्किन लागेका हुन् ।

उनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भएको हो । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत मंसिर १६ गते नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !