१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको स्पष्टोक्ति : राष्ट्रपति दलभन्दा बाहिरका व्यक्ति हुँदैनन्


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावी राष्ट्रपति राजनीतिक दलभन्दा बाहिरका व्यक्ति नहुने स्पष्ट पारेका छन् ।

आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने कुरामा लगभग सहमति भइसकेको खुलासा गरेका छन् ।

देशको समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने प्रष्ट पारेका हुन् । उनले कांग्रेससँग संसदीय दलको गठनपछि मात्रै सरकार गठनबारे प्याकेजमा नै छलफल हुने बताएका छन् ।

सरकार गठनका लागि विभिन्न पक्षसँग पनि छलफल भइरहेको प्रचण्डको भनाइ थियो । यस्तै उनले शक्ति बाँडफाँटबारे गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै अहिले नै त्यसको ठोस खाका बन्न नसकेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !