१२ बैशाख २०८१, बुधबार

संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय


डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज आइतबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकले संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा संघदेखि सातै वटै सवै प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने दावी गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको जानकारी दिए ।

उनले आगामी सरकारको गठनका लागि अन्य दलसँग संवाद र वार्ता अघि बढाउने निर्णय गरेको जानकारी दिए । यद्यपि गठबन्धनको अर्को सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने दावी गरेको हो ।

आजकै बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । मंगलबार वा बुधबार दलको चुनाव हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !