७ बैशाख २०८१, शुक्रबार

इलाम-१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनाल सर्वोच्चमा


झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । खनालले आफू उम्मेदवार रहेको इलाम-१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट दिएका हुन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर गरेका हुन् । उनको रिट संवैधानिक इजलासमा दायर भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।

खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ६५४ मतान्तरले पराजित गरेका थिए ।

एमालेका बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी भएका थिए भने एकीकृत समाजवादीका खनालले २३ हजार ४५ मत प्राप्त गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमालेका बस्नेतसंग लज्जास्पद हार बेहर्नुपरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !