८ बैशाख २०८१, शनिबार

​एमाले र माओवादीवीच सामूहिक रुपमा सपथ ग्रहण गर्दै पार्टी एकताको घोषणा


safadh

३ जेठ, काठमाण्डौ । एमाले र माओवादीवीच सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको हो ।

स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेवाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !