१३ माघ २०७९, शुक्रबार

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै


नेकपा (एमाले)

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । एमालेको केन्द्रीय कार्यालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको केन्द्रीय कार्यालय बैठक बस्ने भएको हो । प्राय: केन्द्रीय सचिवालय बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु सहभागी हुने गर्छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डा तय गर्नेछ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि एमालेको केन्द्रीय कार्यालय बैठक पहिलो पटक बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । आजको बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !