१२ बैशाख २०८१, बुधबार

प्रदेशको टुंगो नभएकोले ५ वर्षपछि जनताले नै खारेजीको नारा लगाउन सक्छन् : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश संरचना रहने वा नरहने टुंगो नभएको बताएका छन् । उनले अवको पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउन सक्ने संकेत गरेका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा मंगलबार आयोजित नेता गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचनका क्रममा बोल्दै महामन्त्री थापाले अबको ५ वर्ष नतिजा देखिने गरी काम गर्न नसके प्रदेश संरचना खारेजी माग गर्दै जनता सडकमा उत्रिने बताएका हुन् ।

उनले प्रदेश संरचनालाई बलियो बनाउन कांग्रेस नेता घिमिरे जस्ता नेताको खाँचो रहेको बताउदै घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको बताए । उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताए ।

प्रदेश सरकारका कामलाई लिएर अहिलेबाटै आलोचना र प्रश्न उठ्ने गरेको बताउँदै अबको ५ वर्ष नतिजा दिने गरी काम गर्ने चुनौती रहेकोले सो अनुसारको काम गरेर देखाउनुपर्ने बताए । उल्लेख आफूलाई गुरु घिमिरेको कार्यकर्ता भन्दा गौरव लाग्ने पनि भनेर घिमिरेको प्रशंशा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !