१३ बैशाख २०८१, बिहिबार

डा. बाबुराम भट्टराई र डा. सिके राउतबीच भेटवार्ता


डा. बाबुराम भट्टराई र डा. सिके राउतबीच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेटवार्ता भएको छ । सामाजिक संजाल ट्वीटरमा लेख्दै भट्टराईले जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता जानकारी दिएका हुन् ।

भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य उच्च पदाधिकारीसंग समसामयिक राजनीतिवारे उपयोगी छलफल भएको बताएका छन् । भट्टराईले आफूले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा राउतलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी व्यक्त समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !