७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनको बैठक भोलि सोमबार बस्ने


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिनुभयो । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !