७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको पदाधिकरी बैठक आज दिउँसो बस्दै


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रको पदाधिकरी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

आज बस्न लागेको पदाधिकरी बैठकमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा, सरकार निर्माणलगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गर्ने निर्णय गरेको थियो । यसका साथै शनिबार बसेको बैठकले पार्टीले सोचेअनुसारको चुनावी मतपरिणाम नआएको निष्कर्ष समेत निकालेको थियो ।

आजको बैठकले नयाँ सरकार निर्माणमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेर तेस्रो शक्ति भएको छ भने प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ स्थानमा विजय हासिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !