७ बैशाख २०८१, शुक्रबार

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दावी


शेखर कोइराला फाइल फोटो

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज बिहीवार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले निर्वाचनबाट सन्तोषजनक नतिजा आएको भन्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

उनले संसदीय दलमा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताएपनि आफ्नो पक्षबाट संसदीय दलको नेता को बन्ने भन्ने खुलाएनन् ।

कोइरालाको टिमबाट महामन्त्री समेत रहेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

यद्यपि उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको तर भेटेर यस बारेमा छलफल नभएको पनि बताए  ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !